पाँचौ हिरोज तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

पाँचौ हिरोज तेक्वान्दोमा नेपाललाई चार स्वर्ण


नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा ४ स्वर्ण जितेका छन् । च्याम्पियनसीपमा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् ।

मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन् । च्याम्पियनसिपमा नेपालबाट १० खेलाडीको सहभागिता रहेको छ ।