मलेसियामा आयोजना हुने युथ फुटबल एण्ड लिडरसीप क्याम्पमा सहभागी हुन २० सदस्यीय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ । एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो ।
मलेसिया जाने टिममा छात्र र छात्रातर्फ ९–९ खेलाडी रहेका छन् । त्यस्तै टोलीको नेतृत्व तथा ब्यवस्थापन शेल्टर नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् । पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल पनि खेल्नेछ ।
सो सेल्टरले अनाथ तथा आश्रयविहीन बालबालिकाको पढाई, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागी गराएर सेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग सफलतापूर्वक आयोजना गरिसकेको छ । अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वर्ल्डकपमा सहभागिता जनाउने मौका पाएका थिए । यो संस्करणमा उत्कृष्ट हुने टिमले मलेसियामा जाने अवसर पाएको हो ।
प्रतिक्रिया