धेरै कर तिर्ने भण्डारी सम्मानित

धेरै कर तिर्ने भण्डारी सम्मानित


ललितपुरस्थित गोदावरी नगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने फरेस्ट होटेललाई सम्मान गरेको छ । आर्थिक वर्ष ०७५–७६ मा नगरपालिकालाई १० लाख ९५ हजार राजस्व तिरेको भन्दै होटेल फरेस्टलाई सम्मान गरिएको हो ।

नगरपालिकाको तेस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक कार्यक्रममा नगरपालिकालाई सबैभन्दा बढी राजस्व तिरेको भन्दै होटेलका सञ्चालक राजेन्द्र भण्डारीलाई सम्मानित गरिएको थियो । सो अवसरमा नगरपालिकाका मेयर गजेन्द्र महर्जनले होटेलका सञ्चालक भण्डारीलाई कदरपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

गोदावरी ३ मोतीचौरमा निर्माणाधीन साततले सो होटेलको तीनतला निर्माण सम्पन्न भइसकेको छ । होटेल सञ्चालनमा आउन अझै करिब एक वर्ष लाग्ने सञ्चालक भण्डारीले बताए ।