कुवेतमा अगस्ट १ देखि ९ तारिखसम्म सञ्चालन हुने एएसबीसी स्कुल ब्वाइज बक्सिङ च्याम्पियनशीपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई साउन १३ गते मंगलबार बिदाइ गरियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले विदाई गरेका हुन् ।
कुवेत बक्सिङ संघको आयोजनामा हुने प्रतियोगितामा पुरुष ४९ केजी तौलसमूहमा छिरिङ वाङ्दी शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा आठौँ सागका स्वर्ण विजेता रामचन्द्र थापा मगर तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य एवं स्कुल बक्सिङ समितिका संयोजक पुष्करराज पन्त रहेका छन् ।
कार्यक्रममा फिटवेल नेपालले टोलीलाई ट्रयाकसुट प्रदान गरेको थियो भने बक्समाण्डुले खेलाडीलाई खेलका क्रममा लगाने पोशाक प्रदान गरेको थियो ।
प्रतिक्रिया