साउन २१ देखि २४ गतेसम्म विद्यालय स्तरीय ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । काठमाडौं ब्याडमिन्टन संघ र प्याब्सनको संयुुक्त आयोजनामा हुने उक्त च्याम्पियनसिपमा यू १२ र यू १४ का बीच प्रतिस्पर्धा हुुनेछ ।
जिल्ला ब्याटमिन्टन संघ र प्याब्सन काठमाडौँको संयुक्त आयोजनामा हुन लागेको च्याम्पियनसिपको प्रमुख उद्देश्य विद्यालय स्तरमा लुकेर रहेका क्षमतालाई प्रस्फुटन गर्नु रहेको प्याब्सनका अध्यक्ष हरि श्रेष्ठले बताए ।
आयोजकले काठमाडौँ, भक्तपुुर र ललितपुुर गरी विभिन्न विद्यालयबाट ९ सय खेलाडी सहभागि हुने अनुमान गरेको छ । च्याम्पियनसिपका अतिरिक्त गेम्स, फ्यान जोन, लाइभ आर्ट, लाइभ इन्टर भ्यु जस्ता कार्यक्रम पनि हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया