अमेरिकामा उपचार सम्भव नभएपछि टेन्डीलाई दिल्ली लगिँदै

अमेरिकामा उपचार सम्भव नभएपछि टेन्डीलाई दिल्ली लगिँदै


नेपाल बास्केटबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई आयुवेर्दिक उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ । टेन्डीका दाजु नवाङ शेर्पाले यसबारे जानकारी दिएका हुन् ।

इएलेस डिजिज नामक बिरलकोटीको समस्याबाट ग्रस्त लामा केही महिना पहिले उपचारको लागि संयुक्त राज्य अमेरिका पुगेका थिए । अमेरिकामा समेत उक्त रोगको उपचार सम्भव नभएपछि टेन्डीलाई उपचारको लागि दिल्ली लैजान लागिएको हो । उनको त्यहाँ तीन साता अवधिभर आयुवेर्दिक उपचार हुने बताइएको छ ।

दिल्लीको उपचारपछि टेन्डीलाई नेपाल ल्याइने छ । यतिबेला बोल्न समेत नसक्ने अवस्थामा रहेका टेन्डीको इच्छाअनुसार नै उनलाई नेपाल ल्याउन लागिएको नवाङले जानकारी दिएका हुन् ।