ग्राहक बनी आएकाले गोली चलाउँदा दुईको मृत्यु

ग्राहक बनी आएकाले गोली चलाउँदा दुईको मृत्यु


अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मंगलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुईजनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यस घटनाका दोषी एकजनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पु¥याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुईजना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरूको सोही पसलमै निधन भएको जनाइएको छ ।

साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंस्रक व्यक्तिहरूबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गरेका छन् । त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकाछन् ।

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्विटमार्फत जनाएका छन् ।