सुन तोलाको ६५ हजार आठ सय

सुन तोलाको ६५ हजार आठ सय


पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको हो ।

यसअघि सुनको मूल्य बढीमा ६५ हजार ५ सयसम्म पुगेको थियो ।