इन्डोर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी च्याम्पियन

इन्डोर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी च्याम्पियन


डिएभीले क्यानवस इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर बोडिङ स्कुल विरुद्धको फाइनल खेलमा टच जितेर पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरको खेलमा १ विकेट गुमाउदै १३२ रन बनायो । डिएभीका लागि उत्कृष्ट ब्याटिङ गरेका आदित्य रोनियारले ३० बलमा ८० रनको नटआउट पारि खेलेका थिए ।

बलिङतर्फ विराट बोडिङका राकेश चौधरीले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारे । डिएभीले दिएको १३३ रनको लक्ष्य पछ्याएको बिराट बोडिङ ६.५ ओभरमै ५६ रनमा समेटिए पछि डिएभीले ७६ रनको विजयी भएको हो । बिराटको ब्याटिङमा अशिम चौधरीले सर्वाधिक १३ रन बनाएका थिए । डिएभीका सुरज श्रेष्ठले उत्कृष्ट बलिङ गदै २ ओभरमा ७ रन खर्चेर २ विकेट लिदा रिसनमानले २ ओभरमा १५ रन खर्चेर २ विकट नै लिएका थिए । प्लयर अफ द म्याचको उपाधि आदित्यले पाए ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका डिएभीका रिशममान मलेगो म्यान अफ द सिरिज चुनिए । उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गदै ५ खेलबाट ९ विकेट लिदा ब्याटिङतर्फ ४९ रन बनाएका थिए । प्रतियोगिताको बेष्ट बलरमा बेबिलोनका इसान्त विक चुनिए । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

त्यस्तै, बेष्ट ब्याट्समानको उपाधि ओम नेशनल स्कुलका सार्थक धितालले जिते । तीनै जना उत्कृष्ट खेलाडीलाई वाईवाई जिएचसीएले ६ महिनाका लागि निशुल्क तालिमको ब्यवस्था गरेको छ । साउन १२ गते सुरुभएको प्रतियोगिताको बिजेता टिम तथा खेलाडीलाई यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले पुरस्कृत गरेका थिए ।