ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई बास्केटबलको उपाधि

ग्रिनल्याण्ड, लालिगुँरास र रिलायन्सलाई बास्केटबलको उपाधि


आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन् । सिनियर ब्वाइजको उपाधि भीडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्यो । सिनियरतर्फ उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए ।

चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर व्वाइज तर्फको खेलमा लालिगुराँसले बाजी मा¥यो । दिपेश क्षेत्रीको ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरमा स्तब्ध बनायो । दिपेश नै जुनियर व्वाइजका उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै गल्र्सको उपाधि रिलायन्स पब्लिकले जित्यो । फाइनल खेलमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाइ स्कुलममाथी १४–१० का कठिन जित निकाल्यो । रिलायन्सको जितमा ११ स्कोर गरेकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी भइन् । प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले तीनै विधाको हाई स्कोररको उपाधि हात पारेका छन् ।

सिनियरतर्फ गोपाल भण्डारी, जुनियर व्वाइजतर्फ सुविन तामाङ्ग र गल्र्सतर्फ दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधि भर उच्च स्कोर गरेका थिए । प्रतियोगितामा सिनियरतर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ट थ्रि प्वाइन्टर चुनिदा जुनियर ब्वाइजतर्फ एञ्जलहार्टका दिवस गर्वुजाले थ्रि प्वाइन्टर उपाधि हात पारे । त्यस्तै गल्र्सतर्फ भने उदयमान खेलाडीको उपाधि आयोजक गोल्डेपिक स्कुलकी खेलाडी इमोनिका राईले हासिल गरिन् ।