पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । आइतबार तोलाको पाँच सय रुपैयाँ वृद्धि हुँदा छापावाल सुन प्रतितोला ६६ हजार ३ सय पुगेको छ । त्यसैगरी तेजावी सुन ६६ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य नेपाली सुन बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
शुक्रबार पनि सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले वृद्धि हुँदै ६६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकोले त्यसको असर नेपालमा पनि परेको बताइएको छ । र, अन्तर्राष्ट्रिय बजारमा यसरी सुनको मूल्यमा वृद्धि हुनुलाई चीन–अमेरिकी व्यापार सम्बन्ध आएको द्वन्द्वलाई मानिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ४०.६८ अमेरिकी डलर रहेको पुगेको छ ।
प्रतिक्रिया