अमेरिकाको ओहायोमा पनि चल्यो गोली, नौ जनाको मृत्यु

अमेरिकाको ओहायोमा पनि चल्यो गोली, नौ जनाको मृत्यु


अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार विहानीपख भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै एपीएफले जनाएको छ । गोली चलाउने व्यक्तिको मृत्यु भएको प्रहरीको भनाई छ ।

सो गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।