ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा

ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा


ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने सो बैंकले जनाएको हो ।

उक्त बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ई–सेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटहरूबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकको भनाई छ ।

यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ तथा सपिङ गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको बताइन्छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । सो बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बैंकले १३८ शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १७६ शाखारहित बैंकिङ सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।