आगामी दशैंपछि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सुरु गरिने भएको छ । आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाईड्रो छनौंट भएको हो ।
सिएमसीले छाडेपछि ६ महिना अलपत्र बनेको राष्ट्रिय गौरवको आयोजना सिनोले पाएपछि बाँकी काम चाँडै नै सकिनेमा मेलम्ची खानेपानी विकास समिति विश्वस्त छ । सिनोले आयोजनाको सुरुङमार्गको फिनिसिङ र हेडवक्स निर्माणको काम गर्नेछ ।
चिनियाँ कम्पनी सिनोलाई आयोजनाको मूल्यांकन समितिले छनोट गरेको आयोजना प्रमुख सूर्यराज कडेंलले जानकारी दिए । उनका अनुसार छनोट प्रक्रिया सकेर ऋणदाता एसियाली विकास बैक(एडीबी)बाट स्वीकृतिका लागि पठाएको हो ।
एडीबीबाट पुनःमूल्यांकन भएर एक सातामा स्वीकृत भएर आउने प्रमुख कडेंलले जानकारी दिए । ‘आयोजनाले छनोट गरेको भएपनि चिनियाँ कम्पनीलाई दिने वा नदिन भन्ने एडीबीले निर्णय भने दिईसकेको छैन् ।’ उनी भन्छन्, ‘आयोजनाले निकालेको ग्लोवल टेण्डरमा चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो र रमण जेभीले आवेदन दिएका थिए ।’ उनका अनुसार टेण्डरमा सहभागि दुबै कम्पनी प्राविधिक मूल्यांकनमा पास भए पनि चनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा कममा ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै बढी मुल्यमा ठेक्का हालेपछि चिनियाँ कम्पनीलाई नियमानुसार छनौंट गरिएको हो । हेडवर्क्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
प्रतिक्रिया