आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०७६ बिहीबार, २९ अगस्त २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ भदौ २०७६ बिहीबार, २९ अगस्त २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११३९ वर्षा ऋतु वि.सं. २०७६ भाद्र १२ गते विहीबार तद्अनुसार सन् २०१९ अगस्त २९ तारिख भाद्रकृष्णपक्ष चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग नकुल करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः४१ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । दिशा शूल–दक्षिण ।

आजको राशिफल :

मेष राशि – समस्याको समाधान खोज्नुहुनेछ । धनसम्पति बढ्ला । आँट उत्साह वृद्धि हुनेछ । सुख समृद्धि बढ्ला । यात्रा होला । इष्टमित्रको सहयोग प्राप्त होला ।

बृष राशि – विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । आर्थिक काममा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन प्रकासनसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

मिथुन राशि – यात्रा होला । शुभता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मान पुरस्कार भेटिएला । सुख शान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

कर्कट राशि – सुख समृद्धि बढ्नेछ । विलासी काम बन्नेछ । मिठो भोजन मिल्नेछ । सुखको वस्तु मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । खर्च बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ । जोखिमप्रति सचेत रहनुपर्ला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला ।

सिंह राशि – आय बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हांसविलासमा पनि आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । समृद्धि बढ्नेछ । साझेदारीको काम बन्ला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या राशि – अन्नधन बढ्ला । सुखशान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलतादायक रहला । बौद्धिक र रचनात्मक कार्य बन्ला । इष्टमित्र प्रेमपात्रको साथ मिल्ला । सन्तान सुख बढ्नेछ । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – यात्रा हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । जोखिमपूर्ण कर्ममा रुचि बढ्नेछ तर यस्ता कार्यमा नलाग्नु बेस रहला । भागदौड बढ्ला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

धनु राशि – शारीरिक र आर्थिक काममा सफल रहनुहुनेछ । आशा उत्साह बढ्ला । सुख समृद्धि बढ्नेछ । आलस्य नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नहक्ने कुरामा शुभता बढ्ला र रक्षाहुनेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकवे काम गर्नु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला । मान पुरस्कार प्राप्त हुनेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

मीन राशि – कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ । सुख शान्ति र आनन्द बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्ला ।