यसकारण पाकिस्तानले लेख्यो जम्मू–कश्मीर मुद्दाबारे राष्ट्रसंघलाई चिठ्ठी

यसकारण पाकिस्तानले लेख्यो जम्मू–कश्मीर मुद्दाबारे राष्ट्रसंघलाई चिठ्ठी


जम्मू–कश्मीर मुद्दाबारे पाकिस्तानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई पुनः पत्र लेखेको छ । भारत प्रशासित जम्मू कश्मीरमा मानवअधिकार उल्लंघन भएको जनाएको छ ।

कश्मीरको अवस्था बिग्रिँदै गएको र मानवअधिकारको विषय गम्भीर संकटमा परेको विषयलाई पत्रमा उल्लेख गरिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पत्र लेख्दै कश्मीरमा तीन सातादेखि जारी लक डाउन तत्काल हटाउनुपर्नेमा जोड दिएका छन् । पत्रमार्फत भारत र पाकिस्तानमा संयुक्त राष्ट्रसंघ सैन्य अनुगमन टोलीको संख्या दोब्बर बनाउने विषय पनि उठान गरिएको छ ।

राष्ट्रसंघलाई पत्र लेखिएको पुष्टि पाकिस्तानका मानवअधिकार मन्त्री शिरिन मजारीको ट्वीटले पनि गरेको छ ।