बेलायतमा संसद् निलम्बन गर्न महारानीले दिइन् यस्तो अनुमति

बेलायतमा संसद् निलम्बन गर्न महारानीले दिइन् यस्तो अनुमति


बेलायतमा संसद् निलम्बन गर्न महारानीले अनुमति दिएकी छिन् । बेलायतकी महारानी एलिजावेथ द्वितियले त्यहाँको संसद निलम्बन गर्नका लागि सरकारको तर्फबाट गरेको सिफारिसलाई अनुमति दिएकी हुन् ।

प्रधानमन्त्री बोरिस जोनसनलाई महारानीको अनुमति आएलगत्तै सहज भएको बताइएको छ । महारानीको अनुमतिकै कारण आगामी सेप्टेम्बरपछि बेलायतको संसद्‌ निलम्बनमा परिणत हुनेछ । अत्तराष्ट्रिय संचारमाध्यमहरुको अनुसार बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनले संसद् निलम्बन भएपछि १४ अक्टोबरका दिन महारानीको सम्बोधन हुने जनाएका छन् ।

संसद् भंग गर्ने सरकारको निर्णयप्रति विपक्षी दलले भने कडा रुपमा आलोचना गरेको छ । यस घटनाले जोनसनको सरकार तल गिरेको तर्क विपक्षी दलहरुको छ ।