यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । यतीले हाल भरतपुर–काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ ।
यती एयरलायन्सले जनाएअनुसार एकतर्फी उडानको दुई हजार ५०० मात्र भाडादर तय गरिएको छ । भरतपुर–पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ ।
प्रतिक्रिया