चर्चित सुडान घोटाला प्रकरणमा ठेकदार भारती पक्राउ, आजै सर्वोच्चमा बुझाइने

चर्चित सुडान घोटाला प्रकरणमा ठेकदार भारती पक्राउ, आजै सर्वोच्चमा बुझाइने


केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शम्भु भारतीलाई पक्राउ गरेको छ । चर्चित सुडान घोटाला काण्डका दोषी भनिएका भारती पक्राउ परेका हुन् ।

भारतीलाई ललितपुरस्थित आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाउने तयारी भइरहेको छ । उनलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजायको फैसला सर्बोच्च अदालतले यसअघि नै सुनाएको थियो ।