म सबै हिरोइनको हिरो – राजन घिमिरे

म सबै हिरोइनको हिरो – राजन घिमिरे


यतिबेला चकलेटी नायक जीवन लुइँटेलको बाँच्ने स्टाइल अलि फरक नै छ । उनी वर्षको ६ महिना अस्टे्रलियामा हुने गर्छन् भने ६ महिना नेपालमा । सिनेमा पनि जीवन छानेर नै खेल्ने गर्छन् । त्यसकारण पनि उनले अभिनय गरेका चलचित्र सफल नै हुने गरेका छन् । हालै मात्र उनले जब जब माया बस्छ, अन्दाज, मालतीको भट्टी र म तिम्रो भइसकेँ चलचित्रको काम सकाएका छन् भने यी चलचित्र क्रमशः प्रदर्शन हुने भएका छन् । अहिले जीवनको चलचित्र म तिम्रो भइसकेँको प्रिमियरका लागि अस्टे्रलिया पुगेका छन् । यसै साता अस्टे्रलिया पुगेका जीवनसँग उनी उता जानुभन्दा अगाडि रमाइलो कुराकानी गरिएको थियो ।
० अस्टे्रलियामा जीवनको पकड रामै्र छ कि क्या हो ?
– कुरा त्यसो होइन, त्यहाँका नेपालीले मन पराउनुभएको छ ।
० कति शो चल्छ त अस्टे्रलियामा म तिम्रो भइसकेँ… ?
– तीन/चार शो त निश्चित भइसकेको छ । हाम्रो योजना योभन्दा बढी शो गराउनेछ ।
० जीवन अलि बढी केटीप्रति आशक्ति छ भन्छन् नि ?
– केटीप्रति होइन म मेरी श्रीमतीप्रति माथि मात्र आशक्त छु ।
० अरू नायकहरू त बिहे गरे तापनि ढाँछ्छन् तर जीवनले त बिहे गरेको कुरा पनि खुलस्त पार्ने गरेका छन् ?
– जोसँग जीवन बिताउने उद्देश्य लिएर बाँचिएको छ त्यसलाई नै विश्वासघात गरेर ढाँट्ने फटाहा काम मबाट हुँदैन ।
० किन ढाँट्छन् केटाहरू ?
– पछि आफैंलाई धोका दिन ।
० जीवनले पारिश्रमिक बढी माग्छन् भन्ने आरोप छ नि ?
– बढी मागेको होइन, मैले आफ्नो बजारअनुसार नै मागेको छु । त्यसमा पनि म एउटा सिनेमा नसकीकन पैसा पाउने लोभमा अर्को फिल्ममा साइन गरि्दनँ । यो अवस्थालाई हेर्ने हो भने त मलाई घाटा छ । तीनवटा सिनेमालाई दिने समय मैले एउटै सिनेमालाई दिइरहेको छु ।
० जीवनको नजिककी हिरोइन को ?
– यो र ऊ भन्ने छैन । म सबै हिरोइनको हिरो हुँ । एउटालाई च्याप्ने अनि अर्कोलाई गाली गर्ने काम मबाट हुँदैन ।
० अब के छ भावी योजना ?
– अहिले त खासै छैन । म तिम्रो भइसकेँको प्रिमियर अस्टे्रलियामा गरेर नेपाल फर्केपछि म अर्को नयाँ चलचित्र ‘ब्ल्याकमेल’को सुटिङमा व्यस्त हुनेछु । यो चलचित्रको सुटिङ दसैँपछि सुरु हुनेछ ।

हिरोइनसँग नाच्न ४० लाख लगानी
मान्छेको रहर बुझिनसक्नु छ । कोही एक रुपैयाँका लागि ज्यान फाल्छन् भने कोही एक अंगालोका लागि चालीस ? पचास लाख डुबाउन तयार हुन्छन् । फलानीसँग फिल्म खेल्न पाएमा आफैं लगानी गर्छर्ुुनेर अनुहार मात्र नराम्रो होइन अभिनयका लागि ‘अ’ पनि नआउनेले भनेपछि त्यो फिल्मको हालत के होला ? अनि यस्ता मान्छेलाई मर्ुगा बनाउन को पछाडि हट्ला ?
प्रसङ्ग हो चलचित्र छायाको । युरोपमा लामो समय बसेर रामै्र धन आर्जन गरेमा हरि पाठकलाई कसले उचाल्यो कुन्नी उनलाई हिरो बन्ने भूत चढिहालेछ । फिल्ममा कति खर्च हुन्छ ? कसरी खर्च गरिन्छ अनि फिल्म चलेपछि कहाँबाट ‘रिर्टन’ आउँछ भन्ने सानो हेक्कासमेत नभएका हरिको ठूलो इच्छा थियो ? हिरोइनसँग अंगाले मारेर तस्बिर खिच्ने अनि पर्दामा देखापर्ने । उनको त्यो इच्छा त चलचित्र छायाले पूरा गरिदियो तर यो इच्छा पूरा गर्न उनले थोरैमा पनि चालीस लाख डुबाए ।
उनले बनाएको चलचित्रका कलाकारहरूको नाम सुन्दा त्यति लगानी नलाग्नुपर्ने हो तर लाग्यो । त्यो उनीहरू नै जान्दा होलान् । चलचित्र छायामा नचलेकी उषा र दिलीप रायमाझीसँगै बिचरा निर्माता हरि पाठक पनि हिरो बनेका छन् र नाच्न नआए तापनि उषासँग बगैंचामा घुमेका छन् उनी । सिनेमा पनि रिलिज भइसक्यो तर हलबाट पैसा उठ्नु त कता ? कता फेरि विदेश भासिए उनी ।
ठीक छ बिचरा हरिले रहर गरे र एउटा फिल्म बनाए तर बुझने मान्छेले त उनलाई बुझाएर रहरमा मात्र यत्रो लगानी नगर्नुस् भनेर सम्झाउन सक्छन् नि ! त्यसो पनि गरेनन् कसैले । बिचरा हरिलाई हाम्रो पनि सहानुभूति छ ।

बैंककमा नेपाली हिरो – हिरोइनको रोमान्स
यसअघि चलचित्र डेस्टिनेसन काठमाडौं निर्माण गरेका निर्माता शरद अधिकारी अब अर्को चलचित्र लिएर बजारमा आउने भएका छन् । शरदले निर्माण गर्न लागेको अर्को चलचित्र हो ? ब्ल्याकमेल ।
यतिबेला यो चलचित्रको गीत रेकरि्डङ मात्र होइन कलाकारहरूको चयन पनि सकिइसकेको छ । थुपै्र सिनेमामा मुख्य सहायक निर्देशक भएर काम गरेका मधुसूदन भट्टराईले यो चलचित्रको निर्देशन गर्ने भएका छन् ? मलाई मधुसूनको काम राम्रो लागेर नै उसलाई फुल निर्देशक बनाउने सोच आएको हो । ‘मिहिनेत पनि राम्रो देखेँ’ ‘ब्ल्याकमेल’को निर्माता शरद अधिकारीले बताए ।
जीवन लुइँटेल, सुमन सिंह र दीपशिखाको यो चलचित्रका लागि नायक ? नायिकाको चयन भइसकेको छ भने जानकारीमा आएअनुसार ब्ल्याकमेल केही गीतको छायाङ्कनका लागि बैंकक पनि जाने भएको छ ।
बैंककमा चलचित्रमा समावेश गरिएका रोमान्सपूर्ण गीतहरूको छायाङ्कन गरिने कुरा बताइएको छ । ‘कति नगरकोट र पोखरामा मात्र सिनेमाका लागि नायिकको रोमान्स देखाउने । अब बैंककमा पनि होस् न नेपाली हिरो ? हिरोइनको रोमान्स,’ निर्माता अधिकारी भन्छन् ।
सस्पेन्स कथालाई उठाइएको यो चलचित्र ब्ल्याकमेलले त्रिकोणात्मक प्रेमकथालाई पनि समेटेको छ । अर्जुन पोखरेल यसका सङ्गीतकार हुन् भने यो चलचित्रको गीत रेकरि्डङ मुर्म्बईमा गरिएको हो ।