आजको पञ्चाङ्ग एवम् राशिफल (६ कात्तिक २०७६ बुधबार, २३ अक्टुबर २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ कात्तिक २०७६ बुधबार, २३ अक्टुबर २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ शरद ऋतु नेपाल सं. ११३९ वि.सं. २०७६ कार्तिक ६ गते तद्अनुसार सन् २०१९ अक्टुबर २३ तारिख बुधबार कार्तिक कृष्णपक्ष दशमी तिथि अश्लेषा १२ः२३ पर मघा नक्षत्र शुभ योग वणि करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा १२ः२३ बजेसम्म पछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ६ः०९ मा भयो र सूर्यास्त साँझ १७ः२६ मा हुनेछ ।

आजको राशिफल :

मेष राशि – सुख सन्तति इष्टमित्र बढ्नेछन् । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख शान्ति र सफलता मिल्ने छ । मिठो भोजन पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्यमा आकर्षण बढ्नेछ । स्वास्थ्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा होला । मान महत्व धन सम्पत्ति पद प्रतिष्ठा बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नेछ । यश वर्चश्व बढ्नेछ । भागदौड, भ्रमण भैरहनेछ । खेलकूदमा रुचि बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । अरुको भरमा नबस्नु उचित हुनेछ । विजयश्री मिल्नेछ, तर विवादमा नपर्नु नै उचित हुनेछ । लापर्वाही नगरी योजनानुसार कार्य गर्नु उचित हुनेछ । समस्याको समाधान मिल्नेछ ।

मिथुन राशि – धन मान बढ्नेछ । आयस्रोत बढ्ला । कार्य व्यवसायको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रा होला । सुख शान्ति आरोग्यता आनन्द बढ्नेछ ।

कर्कट राशि – उच्चाधिकारीहरुसित भेटघाट हुनेछ । उन्नति–पदोन्नति हुनेछ । बोली व्यक्तित्वको प्रभाव बढ्ला । धन यश मान महत्व बढ्ला । भोजभत्तेरमा भाग लिनु हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बलियो बन्नेछ ।

सिंह राशि – बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सफलता मिल्नेछ । यात्रा होला । साहसिक कर्ममा आकर्षण बढ्ला । मान सम्मान बढ्नेछ । उनन्ति–पदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – बढी परिश्रम गर्नु परे पनि सफलता मिल्नेछ । कुनैपनि प्रकारको लापर्वाही नगर्नु बेस रहला । आर्थिक र स्वास्थ्यसित सम्बन्धित भूलचुकप्रति सचेत रहनुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । अरुको भर नपरेमा हितकर होला ।

तुला राशि – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नुको साथै सुखको वस्तु पनि प्राप्त हुनेछ । मान प्रशंसा हुनेछ । इष्टमित्र सन्तानको सहयोग प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । शुभ कार्य बन्ला । यश वर्चश्व बढ्ला । आरोग्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । सुख सम्पति वृद्धि होला । पारिवारीक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । मान महत्व सुख शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन पनि मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला ।

धनु राशि – शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । सुख शान्ति बढ्ला । सन्तान सुख मिल्नेछ । साथीभाइको सहयोग समर्थन मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति बढ्ला । विद्याबुद्धि बढ्ला । जोखिमप्रति सचेत रहनु पर्ला ।

मकर राशि – भागदौड व्यस्तता रहनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । विवाद आदिमा नपर्नु उचित रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । हरेक प्रकारका जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ राशि – सुख समृद्धि बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आँट उत्साह बढ्नेछ । यात्रापरक कार्य बन्ला । आयस्रोत बढ्ला । लगानी बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन राशि – धन मान गौरव बढ्नेछ । सुख शान्ति समृद्धि बढ्ला । कार्य क्षेत्र र पारिवारिक क्षेत्रमा पनि अनुकूलता बढ्ला । उन्नति–पदोन्नति होला । यश वर्चश्व बढ्नेछ । विजयश्री प्राप्त होला । रोकिएको काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।