चर्चित सेफ सन्तोष साह ठगी मामलामा पक्राउ

चर्चित सेफ सन्तोष साह ठगी मामलामा पक्राउ


चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा गएराति महोत्तरीबाट साहलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको अनुमतिमा साहलाई महोत्तरीबाट पक्राउ गरी आज (३० जेठ) काठमाडौं ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जानकारी दिएका छन् ।

एस्पी थापाक्षेत्रीका अनुसार साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिले पक्राउ गरी अहिले काठमाडौं ल्याइएको हो ।