डाक्टरमा पागलपन सवार भएपछि…-वीरेन्द्रमणि पौडेल

डाक्टरमा पागलपन सवार भएपछि…-वीरेन्द्रमणि पौडेल


भगवान् पनि पागल हुन्छन् ? धेरै मानिसले नपत्याएर प्रश्न सोध्न सक्छन् तर यथार्थ यही हो पागल हुन्छन् भगवान्, पागल भएका छन् भगवान् । भगवान् कुनै व्यक्ति होइन । व्यक्तिजस्तो देखिने कुनै शरीर पनि होइन । भगवान् चरित्रको नाम हो । विशेषताको नाम हो र सर्त्कर्मको नाम हो । भगवान् त्यो शरीरमा बस्छ जुन शरीरमा मानवता प्रदर्शन गर्ने शक्ति छ । भगवान् त्यो मानव हो जसले शब्दद्वारा मानव दु:ख हरण गर्छ । शब्दद्वारा नै अल्भिmएका र बाटो बिराएकाहरूलाई बाटो देखाउने काम गर्छ । यो कोणबाट व्याख्या गर्दा साधु र महात्माहरू भगवान् हुन् । भगवान्का रूप हुन् । सादा जीवन र उच्च विचारको प्रभाव विस्तारमा क्रियाशील ब्रह्मकुमार र ब्रह्मकुमारीहरू भगवान् र देवी हुन् । भगवान् र देवीका चरित्र प्रदर्शन गर्नेहरू अरू रूप र नामका शरीरहरू थुप्रै छन् हाम्रो समाजमा । तीमध्ये एउटाथरी भगवान् हुन् डाक्टर । डाक्टरले मर्न लागेका मानिसलाई उपचारमार्फत बचाउँछन् । कुनै एक दिन डाक्टर पनि बूढो हुन्छ । यसलाई पनि रोग लाग्छ र यो पनि मर्छ । यो बेग्लै पक्ष हो तर मर्न लागेकाहरूलाई बचाउँछ । त्यसैले यो भगवान् हो । सोह्रैआना एकप्रकारको भगवान् हो डाक्टर । तर, दुर्भाग्य ! संसारका अरू देशमा डाक्टररूपी भगवान् पागल हुन्छन् कि हुँदैनन् थाहा छैन तर हाम्रो आर्थिक हिसाबले झन्डै झन्डै कङ्गाल देश नेपालमा केही डाक्टररूपी भगवान् पागल भएका छन् ।
चिनियाँ सरकारको हारि्दकता र त्यस देशका जनताको मायाको चिनोको रूपमा प्राप्त आधुनिक प्रविधि र अति सुविधासम्पन्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत भगवान् जितेन्द्र परियारले घाँटीको अप्रेसन गर्नुपर्ने छमकुमारी बोहराको पाठेघर निकालेर फ्याँकिदिए । घाँटी बिरामी छ, स्वस्थ पाठेघर निकालेर फ्याँकिदिए । अप्रेसन कार्यमा अरू पनि संलग्न हुन्छन् तर एउटाको नेतृत्व हुन्छ । अप्रेसन भगवान् जितेन्द्रले गरेका थिए । एक अङ्गको अप्रेसन गर्नुपर्नेमा अर्को अङ्गको अप्रेसन गरिनु अपराध वा लापरबाही पछि होला, पहिला पागलपन हुन्छ । त्यो पागलपन भगवान् जितेन्द्र परियारमा देखिएको हो । भगवान् जितेन्द्र पागल भएका थिए । त्यसैले यस्तो अविश्वसनीय र अकल्पनीय घटना भयो । केही दिन पहिले नेपालभित्रकै एक अस्पतालमा भगवान् पागल भएर एक बालकको एउटा रोगमा अर्कैथरी उपचार गरियो जसको परिणाम बालकको तत्कालै ज्यान गयो । भगवान् पागल भएको नमुना अरू पनि छन् । हप्ता दिनअघि स्वास्थ्यसेवा अगतिलो, शुल्क चर्को भनी कुख्याती कमाउँदै आएको चितवन मेडिकल कलेजमा भगवान् पागल भए । पागल भएका भगवान्ले गलत उपचार गर्दा चितवन भरतपुर वडा नं. ४ कमलनगर निवासी ५७ वर्षीया पूर्णकली ढकालको मृत्यु भयो । निर्देशक भगवान् हरिश्चन्द्र न्यौपानेले एक भारी हजारको नोट क्षतिपूर्ति दिने, मृतकको नाममा अक्षयकोष खडा गर्ने वाचा गरेर हत्याकाण्डलाई टालटुल पारे । दृश्य रूपमा भगवान्हरू पागल भएका प्रमाणहरू हुन् यी । अदृश्य रूपमा अझै बढी पागल भएका छन् डाक्टररूपी भगवान्हरू । अपवादलाई छाडेर हाम्रा भगवान्हरू पैसा भनेपछि भुतुक्कै हुन्छन् । धनका लागि इमान बेचेर औषधि कम्पनीहरूसँग तोकिएको औषधि सिफारिस गरिदिने सर्तमा नोटको बिटा मासिक रूपमा कुम्ल्याउनु यिनको धर्म भएको छ । ठूलो घर बनाउनु, नयाँ कार चढ्नु, स्वास्नीको हात, कान र घाँटी सुनैसुनले छपक्कै पुरिदिनु, छोराछोरीलाई महँगा निजी स्कुलमा पढाउनु भगवान्हरूको सपना भएको छ । यो पागलपनरूपी सपना पूरा गर्न भगवान्हरू बिहानदेखि बेलुकासम्म धनीदेखि कङ्गालसम्मका बिरामीहरूलाई कागती निचोरेझैं निचोरिरहेका छन् । धनीलाई निचोर्दा कत्तिको न्याय-अन्याय हुन्छ ‘ब्रह्मा, विष्णु, महेश्वर’लाई थाहा होला तर कङ्गाललाई समेत निचोर्नु अपराध हो यो कहिल्यै सोचेनन् हाम्रा पूजनीय भगवान्हरूले । भगवान्हरूको एकआपसमा मेलमिलाप र हारि्दकता पनि छैन । एउटा भगवान्ले अर्को भगवान्लाई हेप्छन्, बेइज्जत गर्छन् र खुवै डाहा गर्छन् ।
धन पनि आफैंलाई सम्मान पनि आफैंलाई भन्ने चिन्तन राख्छन् भगवान्हरू । आफूले सम्मान खोज्ने हो भने अरूलाई पनि सम्मान गर्नुपर्छ भन्ने सूत्र अनपढ र गँवारहरूले त थाहा पाएनन् कम्तीमा भगवान्हरूले थाहा पाउनुपथ्र्यो, त्यस्तो स्थिति पनि देखिएन । आफ्नो भूमिका र परिचयअनुसारको काम गर्नुपथ्र्यो भगवान्ले । तर, त्यति पनि गर्न सकेको स्थिति देखिएन । धन सम्पत्ति आउँछ भने गधालाई पनि ‘मीतबा’ भन्ने भगवान्हरूले स्वास्थ्य संस्था वा अस्पतालमा निर्देशक डाक्टरलाई नै बनाउने चलन छ विश्वव्यापी रूपमा ता कि ठीक ढङ्गले समस्या समाधान गर्रर््न सकियोस् । तर, यसको ठीक उल्टो पनि देखियो । कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा निर्देशक पदमा डाक्टर नटराजप्रसाद छन् । भरतपुर अस्पतालमा निर्देशक पदमा डाक्टर केशव भर्ुर्तेल छन्, बीपी मेमोरियल क्यान्सर अस्पतालमा यतिबेला डाक्टर लक्ष्मीनारायण सिंह निर्देशक छन् तर भरतपुर चौबीसकोठीको चितवन अस्पताल प्रालिमा गैरस्वास्थ्यकर्मी ‘गोपाल गिरी’ नामका व्यक्तिलाई भगवान् बालकृष्ण थापालगायतका स्वास्थ्य क्षेत्रका महान् हस्तीहरूले निर्देशक माने । कमजोर मस्तिष्कलाई गुरु माने । दुनियाँलाई लाज लाग्ने काम गरे । यहाँनेर पनि भगवान्हरू पागल भएकै हुन् । सोच्नैपर्ने कुरा नसोच्नु र गर्नैपर्ने कुरा नगर्नु पनि एकप्रकारको पागलपन हो ।
किसानले धान, मकै, गहुँलगायत तरकारीहरू उत्पादन गर्छन् । ती किसानको उत्पादनद्वारा अरू पेसाका मानिस बाँच्छन् । स्वास्थ्य क्षेत्रका भगवान्हरू पनि किसानकै मिहिनेतका कारण बाँचेका छन् । तर, दुर्भाग्य ! आफूलाई बाँच्न सहयोग पुर्‍याउने किसानलाई हाम्र्रा भगवान्हरूले कहिल्यै पनि सम्मानभाव प्रकट गरेनन् । भगवान्ले लगाएको कपडा कसले सिलाइदियो ? गाडी मर्मत कसले गरिदिन्छ ? भगवान्हरूको फि्रजमा राखिएको ‘जुस’ कसले उत्पादन गर्‍यो ? स्वास्थ्य क्षेत्रबाहेक भगवान्हरूको जीवन प्रक्रिया अन्य पक्ष र क्षेत्रसँग पनि जोडिएको हुन्छ कि हुँदैन ? भगवान्लाई अरूको सहयोग चाहिन्छ कि चाहिँदैन ?
इज्जत सबैलाई प्यारो हुन्छ । नेपाली नागरिक समाजको ठूलो हिस्साले धनीहरूलाई इज्जत दियो चाहे धन जसरीसुकै किन नकमाउन् । समाजको ठूलो हिस्साको गलत चिन्तनको प्रभाव हाम्रा भगवान्लाई पनि पर्‍यो । त्यसैले हाम्रा केही भगवान् पागल भएका छन् । उपचारमार्फत बिरामीलाई नयाँ जीवन दिएर जिउँदो भगवान्को रूपमा सम्मान प्राप्त गरिरहेकाहरू यो ढङ्गले पागल हुनु मानव सभ्यताका लागि एकप्रकारको चुनौती पनि हो । यो चुनौतीको सामना भगवान्लाई ज्यादाभन्दा ज्यादा सम्मान दिएर गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रबाहेक मानव जीवनका लागि अन्य क्षेत्रको महत्त्व पनि कम छैन भनी जानकारी दिएर गर्न सकिन्छ । नयाँ गाडी, ठूलो घर र धनसम्पत्ति मात्रै जीवन होइन । मानव जीवन दया, माया, करुणा र सहयोग आदान-प्रदान पनि हो भन्ने जानकारी दिएर गर्न सकिन्छ । पागलपनका सिकार भएका भगवान्हरूलाई सामाजिक साइकोथेरापीद्वारा निको तुल्याउन सकिन्छ । पागल भगवान्हरूको शीघ्र स्वास्थ्यलाभको कामना !