बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा भएको एक औपचारिक कार्यक्रममा झण्डै १०० ‘सामुद्रिक डाँकू’ले शान्त जीवन जिउने प्रतिबद्धतासहित शनिबार आत्मसमर्पण गरेका छन् ।
उनीहरूले १५५ थान घरेलु बन्दूक, त्यसका लागि प्रयोग हुने ३०० राउण्ड गोली र बन्दूक बनाउने उपकरणसहित प्रहरीप्रशासनसँग आत्मसमर्पण गरेका हुन् ।
बंगलादेश प्रहरीले जनाएअनुसार आत्मसमर्पणपछि उनीहरूलाई नयाँ जीवन सुरू गर्न पुनःवास कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति ५० हजार टाका (५९० अमेरिकी डलर) उपलब्ध गराइएको छ ।
सामुद्रिक डाँकूहरूले बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा हत्या, अपहरण, बलात्कार, जहाज तथा डुङ्गा अपहरण गरी यात्रुहरूलाई लुट्ने गरेका छन् ।
आत्मसमर्पण गरेका उनीहरूले सार्वजनिक कार्यक्रममा पूरानो काममा नफर्किने वाचा गरेका थिए । आत्मसमर्पण गरेका डाँकूहरूलाई आम माफी नहुने तर सजायमा केही छुट हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
आत्मसमर्पणका लागि प्रशासनले गरेको कार्यक्रममा उनीहरूले आफूहरूलाई दुःख दिने गरेको स्थानीय माझीहरूले बताएका थिए ।

प्रतिक्रिया