न्युजिल्यान्डमा ५.९ म्याग्निच्युडको भूकम्प

न्युजिल्यान्डमा ५.९ म्याग्निच्युडको भूकम्प


न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौँ व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा पाँच हजारभन्दा बढी विस्थापित भएका थिए ।

भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के–कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीले जनाएका छन् । स्थानीय समयानुसार आइतबार बिहान ५.३४ बजेतिर भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ ।

सुरुमा ५.३ म्याग्निच्युड र त्यसपछि सबैभन्दा ठूलो ५.९ म्याग्निच्युडको भूकम्प आएको अधिकारीहरूले बताएका छन् । सो भूकम्पको केन्द्रबिन्दु समुद्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ ।