गएको एक महिनादेखि महाराष्ट्र (भारत)को राजनीति सिङ्गै भारत र आसपासमा चर्चाको केन्द्र बनेको छ । एक महिनाको राजनीतिक झमेलापछि महाराष्ट्रमा शिवसेना, एनसीपी र कांग्रेसको गठबन्धनका साथ नयाँ सरकार गठन भएको छ । ५६ विधायिक (सांसद) भएको शिवसेना प्रमुख उद्धव ठाकरेले राष्ट्रवादी कांग्रेस पार्टी र कांग्रेसको समर्थनमा उद्धव ठाकरेले महाराष्ट्रको १९औँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।
यो गठबन्धनको नाम ‘महा विकास अघाडी’ राखिएको छ ।
उद्धवका साथ एनसीपीका जयन्त पाटिल, छगन भुजब, शिव सेनाका एकनाथ शिन्दे, सुभाष देसाई, बालासाहेब थोरात र कांग्रेसबाट नितिन राउतले आज (२८ नोभेम्बर) शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण समारोहअघि गठबन्धनका तीन दलले आफ्नो साझा न्यूनतम कार्यक्रम जारी गरेका छन् जसमा किसान, महिला, युवा र आम जनताका लागि धेरै घोषणाहरू गरिएको छ । घोषणापत्रमा उद्धव सरकारले महाराष्ट्रका जनतालाई अत्यन्त कम खर्चमा स्वास्थ्य सुविधा र स्वास्थ्य बीमा उपलब्ध गराइने वाचा गरेको छ ।
घोषणापत्रअनुसार महाराष्ट्रमा चाँडै नै भा.रू. एक रुपैयाँमा राज्यका नागरिकहरूको लागि उपचार र मेडिकल चेकअप सुविधा सुरु गरिनेछ । साथै, सबै नागरिकको स्वास्थ्य बीमा पनि गरिनेछ ।
घोषणापत्रमा स्वास्थ्यसम्बन्धी तीन महत्वपूर्ण बाचाहरू गरिएको छ । प्रत्येक नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सुविधा पु¥याउन ‘एक रुपैयाँ क्लिनिक’ सुरु गरिनेछ, जहाँ सबै प्रकारका प्याथोलोजिकल परीक्षणहरू उपलब्ध हुनेछन् । दोस्रो– सबै राज्यका सबै जिल्लामा चरणबद्ध रूपमा सुपर स्पेसलिटी अस्पताल र मेडिकल कलेज खोलिनेछ । र, तेस्रो– राज्यका प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा सुरक्षा प्रदान गरिने छ ।
यस्तै १० रुपैयाँ भारूमा सर्वसाधारणलाई पेटभर खाना उपलब्ध गराइनेदेखि जेष्ठ नागरिकका लागि सुविधा वृद्धि गर्ने आश्वासन पनि घोषणापत्रमार्फत उद्धव ठाकरेको गठबन्धन सरकारले दिएको छ ।


प्रतिक्रिया