माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलरबराबरको जरिवानाका साथै पाँच वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रशिदको नेतृत्वमा रहेको पाँचजना न्यायाधीशको इजलासले सो फैसला गरेको हो ।
होटेलको विकासका लागि विभिन्न टापु भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामिनले एकलाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो । यामिनले रकम लिएको अस्वीकार गरेका छन् ।
माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।
यामिनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामिनको रिहाइको लागि नारा लगाएका थिए ।
रासस–सिन्ह्वा
प्रतिक्रिया