विजय र सुस्मिताले दिलाए उसुमा स्वर्ण

विजय र सुस्मिताले दिलाए उसुमा स्वर्ण


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत उसु खेलमा नेपालले दुई स्वर्ण पदक जितेको छ । लगनखेलस्थित नेपाली सेनाको फिजिकल फिटनेस तथा ट्रेनिङ सेन्टरमा आयोजित खेलमा उसु खेलाडीले स्वर्ण पदक जितेका हुन् ।

पुरुषको थाउलो नानथुुवानतर्फ नेपालका विजय सिंजालीले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण जित्दा ९.४८ को स्कोर गरेका थिए । सो प्रतिस्पर्धामा बंगलादेशका मोहम्मद उमरले ९.३४ स्कोर दोश्रो भए । त्यस्तै, तेश्रो स्थान हासिल गर्ने श्रीलंकाका सोम्य प्रभाकरले १४ स्कोर गरेका थिए ।

यसैगरी, महिलातर्फको थाउलो नानक्वानतर्फ नेपाली सुस्मिता तामाङले स्वर्ण पदक जितेकी छिन् । तामाङले स्वर्ण पदक जित्दा ९.४४ स्कोर गरेकी थिइन् । त्यस्तै, दोश्रो स्थानमा रहने श्रीलंकाकी खेलाडी पीएचजी बातसालाले ८.८५ र तेस्रो हुने बंगलादेशकी खेलाडी मुरबहर बेगमले ७.५३ को स्कोर गरेकी थिइन् ।

उसु खेलमा २२ स्वर्णको लागि प्रतिस्पर्धा भैरहको छ ।