पुरुष भलिबलको स्वर्ण भारतलाई

पुरुष भलिबलको स्वर्ण भारतलाई


तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण पदक हात पारेको हो ।

पहिलो सेट पाकिस्तानले २५–२० अंकले जिते पनि त्यसपछि लयलाई समात्न नसक्दा भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अंकले जित्दै स्वर्ण जितेको हो ।