महिला भलिबल टोलीको उत्कृष्ट प्रदर्शन, भारतलाई स्वर्ण

महिला भलिबल टोलीको उत्कृष्ट प्रदर्शन, भारतलाई स्वर्ण


१३औँ सागअन्तर्गत महिला भलिबल फाइनलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि रजत पदकमै चित्त बुझाउनु परेको छ । नेपालले भारतसँग पाँच सेटसम्म भीडन्त गरेपनि स्वर्ण पदक जित्नबाट बञ्चित भयो ।

नेपालले पहिलो सेट १७–२५ ले गुमाए पनि दोश्रो र तेश्रो सेटमा भारतलाई पराजित गर्दै स्वर्ण पदकको नजिक पुगेको थियो । नेपालले दोश्रो सेटमा भारतलाई २५–२३ र तेश्रो सेटमा २५–२१ले पराजित गरेको थियो ।

चौथो सेटमा नेपाली खेलाडीहरूको गल्तीको फाइदा उठाउँदै भारतले २५–२० ले नेपाललाई पराजित गर्दै खेलमा फर्किएको थियो । पाँचौँ सेटमा निरीह बनेको नेपाल भारतसँग १५–६ को अन्तरले पराजित हुँदै भारतलाई स्वर्ण पदक सुम्पिएको थियो ।

फाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि आपसी तालमेल र अनुभवको कमीले गर्दा स्वर्ण पदक जित्न चुकेको थियो । भारत महिला भलिबलमा सबैभन्दा बलियो राष्ट्र हो ।