गृहनगरमा नगद ५५५५ सहित दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित

गृहनगरमा नगद ५५५५ सहित दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित


मध्यपुरथिमि नगरपालिकाले तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई नगद रु. पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ ।

विजेता मन्डेकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुन् । भव्य नगरपरिक्रमापछि सम्मान गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मन्देकाजीले नेपाली खेलकुदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै देशको नाम अन्तर्राष्ट्रिय जगतमा उचाइमा पुऱ्याएको बताए ।
सो अवसरमा सम्मातित मन्डेकाजीले मध्यपुरथिमिमा खेललाई अगाडि बढाउन आफूले प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरे ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मन्डेकाजीका प्रशिक्षकद्वय गंगाराम महर्जन, सजन श्रेष्ठ, मन्डेकाजीका पिता बाबुकाजी श्रेष्ठलगायतले मन्डेकाजीले खेल जगतमा पु¥याएको योगदानको चर्चा गरे । कार्यक्रममा स्थानीय बालप्रेमी माध्यमिक विद्यालयले पनि सम्मान गरेको थियो ।