सीमा क्षेत्रको हरेक तीन किमिमा ‘बोर्डर आउट पोस्ट’ निर्माण गर्ने तयारी

सीमा क्षेत्रको हरेक तीन किमिमा ‘बोर्डर आउट पोस्ट’ निर्माण गर्ने तयारी


भारतसँगको सीमा क्षेत्रका हरेक तीन किलोमिटर अन्तरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) निर्माण गर्ने सरकारको तयारी रहेको प्रदेशं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले खुलासा गरेका छन् ।

झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कार्यालयको आइतबार उद्घाटन गर्दै प्रदेश–मन्त्री कार्कीले अन्तरराष्ट्रिय सीमाको सुरक्षाका लागि बाक्लै सङ्ख्यामा बिओपी स्थापना गरिने बताएका हुन् ।

हाल सीमा क्षेत्रको हरेक ६ किलोमिटरको दूरीमा एउटा बिओपी रहेको छ ।

अन्तर्राष्ट्रिय सीमासुरक्षाको जिम्मा सङ्घीय सरकारको भए पनि प्रदेशले शान्तिसुरक्षालाई सुव्यवस्थित बनाउनका लागि भारतीय सीमा क्षेत्रमा धमाधम बोर्डर आउट पोष्ट निर्माण गरिरहेको उनले जानकारी दिए । स्थानीय सरकारसँग समन्वय गरेर बिओपी निर्माण गरिएको स्थानसम्म पुग्ने सडकलाई कालोपत्र गरिने पनि मन्त्री कार्कीको भनाई छ ।