गगनद्वारा सरकारमाथि आरोपको वर्षा !

गगनद्वारा सरकारमाथि आरोपको वर्षा !


■ नारद कोहार, कपिलवस्तु

देशको विकासको जिम्मा युवाको काँधमा रहेको नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताएका छन् । ११औं कपिलवस्तु महोत्सवको समापन समारोहमा बोल्दै उनले नेपालमा उद्योग कलकारखाना नखोली युवाहरुले काम पाउन नसक्ने बताए ।

वर्तमान सरकारले पनि जनताको आवश्यकता पूरा गर्न नसकेको बताउँदै उनले पार्टीभन्दा व्यक्ति चनाखो हुनुपर्ने अवस्था आएको बताए । सरकारले सरकारीकरण गरिएका औद्योगिक क्षेत्रहरुबाट कांग्रेसले फाइदा उठाएको सरासर झुठ भएको भन्दै सबै औद्योगिक क्षेत्रहरु निजी स्रोतले सञ्चालन गर्न आवश्यक रहेको पुर्वमन्त्री थापाले औंल्याए । साथै नेपाली कांग्रेस बाणगंगा नगरकार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारले अहिले अदालत, प्रहरी, प्रेस सबैलाई हस्ताक्षेप गर्दै सत्ता कब्जा गर्ने दिवा सपना देखिरहेको आरोप लगाए ।

सरकारले विभिन्न विधेयकका नाममा मुलुकमा निरङकुशता लाद्ने कोसिस गरिरहेको थापाले बताए । हाल संसदमा सूचना प्रविधि विधेयक टेवल भैरहेको र सो विधेयक पास भएको अवस्थामा यदि कुनै जनताले सरकारका गतिविधिहरुप्रति मतभेद राखेको खण्डमा ५ वर्षसम्म जेल सजाय हुने भएकोले मुलुकमा निरंकुशता हाबी गराउनेतर्फ सरकार उनमुख रहेको जिकीर गरे ।