कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको रिले अनशन

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको रिले अनशन


नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको माग गर्दै नेविसंघका नेता रिले अनशन बसेका छन् । उनीहरू नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति विघटन भएको लामो समय बित्दा पनि महाधिवेशन नभएको भन्दै आज बुधबारबाट महाधिवेशनको माग गर्दै रिले अनशनमा बसेका हुन् ।

उनीहरूले संघको विधानअनुसार ३२ वर्षभन्दा मुनिको उमेर समूहबाटै नेविसंघको नेतृत्वको माग गरेका छन् ।

अनशनरत नेविसंघका नेताहरूलाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले फूल, माला र अबिरसहित स्वागत गरेका थिए ।

रिले अनशनको नेतृत्व विद्यार्थी नेतृ रूपा पोखरेलले गरेकी छिन् ।