कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


आज दिउँसो १ बजेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आन्तरिक विवादका कारण बस्दै नबसी स्थगित भएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आपसी सहमतिको प्रयास भए पनि टुंगोमा पुग्न नसकेपछि बैठक स्थगित भएको हो ।

दुवै पक्षबीच पनि आन्तरिक छलफल भएको र त्यसपछि दुईपक्षीय बैठक बसे पनि सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको हो ।