मन जयकर टेनिस एकेडेमीको उद्घाटन

मन जयकर टेनिस एकेडेमीको उद्घाटन


सुन्धारास्थित मन जयकर टेनिस एकेडेमीको उद्घाटन भएको छ । उक्त एकेडेमीको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसदका सदस्य जीवनराम श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र मन जयकर टेनिस एकेडेमीका अध्यक्ष मनोज राणाले संयुक्त रुपमा गरेका थिए ।

यसैबीच मन जयकर टेनिस एकेडेमीको आयोजना तथा नेपाल टेनिस संघको सहयोगमा पुष २ गते आइतबारदेखि संचालन भएको १७औँ जुनियर मन जयकर राष्ट्रिय प्रतियोगिताको समेत उद्घाटन गरेका थिए । एकेडेमी २०५२ सालमा दर्ता भएता पनि टेनिस कोर्टको हालै मात्र निर्माण सम्पन्न भएका कारण आइतबार उद्घाटन गरिएको हो ।

पुष ६ गते सम्पन्न हुने प्रतियोगितामा ८, ९, १०, १२ र १४ गरी विभिन्न उमेर समूह र खुल्लातर्फ समेत गरी १०० भन्दा बढी खेलाडीहरु सहभागी हुँदै छन् ।