प्रकाश दाहाल स्मृति तेक्वान्दो हुने

प्रकाश दाहाल स्मृति तेक्वान्दो हुने


नागदह तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यही पुस ४ र ५ गते हुने भएको छ ।

प्रतियोगितामा पुम्सेमा ८ र ग्योरोगीमा ४७ गरी ५५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सत्यराम महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा उपत्यकाका तीनसहित १४ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रशिक्षक कविराज मालीले जानकारी दिए । प्रतियोगितामा १३ औं सागमा सहभागी खेलाडीहरुले भाग लिन पाउने छैनन् ।

प्रतियोगिता स्व. दाहालकी पत्नी खानेपानी मन्त्री विना मगरले उद्घाटन गर्ने कार्यक्रम छ ।