जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसमा सुभाङ्गी र अजा अघिल्लो चरणमा

जयकर स्मृति राष्ट्रिय जुनियर टेनिसमा सुभाङ्गी र अजा अघिल्लो चरणमा


१७औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोश्रो दिन जित निकाल्दै सुभाङ्गी लक्ष्मी शाह तथा अजा रेग्मी अघिल्लो चरण प्रवेश गरेका छन् । छात्रातर्फ १४ वर्षमुनिको प्रतिस्पर्धामा सुभाङ्गीले मार्शा महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेकी हुन् ।

त्यस्तै, दोश्रो चरण प्रवेश गर्ने क्रममा अजाले श्रेया भट्टराईलाई ६–१, ६–३ को सेटमा पराजित गरिन् भने आइसा डोल्कर गुरुङले श्रृष्ठी राईलाई ६–४, ६–३ ले तथा ईशा श्री शाहले निमिषा ढकाललाई ३–६, ६–४, ६–२ ले पराजित गरे ।
जयकर स्मृती एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको छात्रा यु – १२ मा इभा अधिकारीले अर्निका थापालाई ६–०, ६–१ ले, प्रशंसा मोक्तानले समृद्धि महर्जनलाई ६–०, ६–० ले, जेनी खड्काले कृसा अधिकारीलाई ६–१, ६–१ले तथा सुनिरा थापाले अध्या पौडेललाई ६–२, ६–४ ले पराजित गरे ।

यस्तै, यु–१० मा सैभी ढकालले स्वस्तिका अधिकारीलाई ६–४, ६–४, लाशा प्रजापतीले अ‍ैशानी बटाजुलाई ६–२, ६–२ले, प्रज्ना मानन्धरले नाला जे. मास्केबाट वाकओभर, समृद्धि महर्जनले आर्या गुरुङ्गलाई ६–२, ६–४ ले तथा यु–९ मा शिभाली गुरुङ्गले आयुषा जिसीलाई ४–०, ४–०ले, जु सेङ्गोईले सपना मल्ललाई ५–३, ५–३ ले तथा कर्मिष्ठा नुघाले प्रमाङ्गी पाख्रिनलाई ४–०, ४–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।

सातदोबाटोस्थित कोर्टमा भएको प्रतियोगिताको छात्र १४ वर्षमुनिको प्रतिस्पर्धामा चिराग तिमल्सिनाले प्रितम परियारलाई ६–४, ६–३ ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । यसैगरि आर्यन गिरीले रुस्त अरोरालाई ६–०, ६–०ले, सौगात बि.क.ले निहाल जङ्ग बहादुर थापालाई ६–४, ६–४ ले, आयुश्मान एच. घलेले दर्शिल श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गरे ।

नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगिताको छात्र यु – १२ तर्फ सक्षम बिक्रम शाहले देवाशिष रिउललार्इं ६–०, ६–०, सास्वत बज्राचार्यले नेन्जिङ्ग वेइरलाई ६–२, ६–१, राजवीर प्रधानले इसान गुरुङ्गलाई ६–०, ६–०, निशाद जोशीले राजीव कुमार शाहलाई ६–२, ६–२, मन्थन जोशीले बेन्जामिन हेरिङ्गरबाट वाकओभर श्लोक कजिर खड्काले स्याम्युल महर्जनललाई ६–०, ६–१ तथा बोरिश अधिकारीले प्रतिक यादवलाई ६–३, ६–४ ले पराजित गर्दै अर्को चरणको यात्रा तय गरे ।

छात्र यु – १० तर्फ श्रृजन भट्टराईले अदृत नेपाललाई ६–१, ६–१ले तथा बोरिश अधिकारीले अदृन थापालाई ६–०, ६–० ले पराजित गरे । यस्तै यु – ९ मा अदृन थापाले थेव हिलाई ५–४, ५–४ ले पराजित गरे ।

मिश्रीत जोडीतर्फ ईशा श्री शाह र चिराग तिमल्सिनाको जोडीले ईभा अधिकारी र सफल श्रेष्ठको जोडीलाई ६–१, ६–१ले, सौगात बि.क. र श्रेया भट्टराईको जोडीले प्रनभ मानन्धर र अजा रेग्मीको जोडीलाई ६–४, ३–६, १०–७ ले, अकी जुवेन रावत र सुभाङ्गी लक्ष्मी शाहलेले आईशा डोल्कर गुरुङ्ग र आयुष्मा एच घलेको जोडीलाई ६–२, ६–२ले तथा सक्षम बिक्रम शाह र सुनिरा थापाको जोडीले जेनी खड्का र श्लोक कजेर खड्काको जोडीलाई ६–४, ६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।