टेनिसमा सुभाङ्गी र इशा उपाधिनजिक

टेनिसमा सुभाङ्गी र इशा उपाधिनजिक


सुभाङ्गी लक्ष्मी शाह र इशाश्री शाह १७औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको छात्रा यु – १४ मा उपाधिनजिक पुगेका छन् । सेमिफाइनलमा सुभाङ्गीले अजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै फाइनल पुगेकी हुन् । अब उनले उपाधिका लागि इशासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । इशाले आईशा डोलकर गुरुङलाई ६–०, ४–६, ६–३ को जित निकाल्दै सुभाङ्गीसंगको भेट पक्का गरेकी हुन् ।

जयकर टेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको छात्रा यु – १२ तर्फ इभा अधिकारी र सुनिरा थापाले फाइनलको यात्रा तय गरे । इभाले प्रशंसा मोक्तानलाई ६–२, ७–५ ले तथा सुनिराले जेनी खड्कालाई ३–६, ६–२, ६–३ ले पराजित गरे ।

यस्तै यु १० तर्फ प्राज्ना मानन्धर र समृद्धि महर्जन फाइनल प्रवेश गर्न सफल भए । प्राज्नाले सैभी ढकाललाई ६–३, ४–६, १०–४ ले तथा समृद्धिले लाशा प्रजापतीलाई ६–२, ६–३ले पराजित गरे ।

यु–९ तर्फ शिभाली गुरुङले प्राज्ना मानन्धरलाई ४–२, ०–४, ४–१ ले पराजित गर्दै फाईनल प्रवेश गरिन् । यस्तै कर्मिष्ठा नुगाले जु सिङ्गोईलाई ४–०, ४–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा शिभाली संगको भेट पक्का गरिन् ।

छात्र यु–१४ तर्फ आर्यन गिरी फाईनल प्रवेश गरेका छन् । गिरीले सौगात बि.क.लाई ६–४, ६–१ ले पराजित गरे । यस्तै सो स्पर्धामा अकी जुवेन रावत सेमिफाइनल प्रवेश गरेका छन् । रावतले प्रनभ मानन्धरलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।

यु –१० तर्फ बोरिश अधिकारी र निशाद जोशीले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बोरिशले श्रीजन भट्टराईलाई ६–३, ६–४ तथा निशादले दर्सिल श्रेष्ठलाई ६–३, ६–४ लेनै पराजित गर्दै फाईनलमा भेट पक्का गरेका हुन् ।

मिक्स जोडीतर्फ इशाश्री शाह र चिराग तिमल्सिनाको जोडी र अकी जुवेन रावत र सुभाङ्गी लक्ष्मी शाहको जोडीले उपाधीका लागि प्रतिस्र्धा गर्ने नेपाल टेनिस संघले जनाएको छ । ईशा र चिरागको जोडीले सक्षम विक्रम शाह र सुनिरा थापाको जोडीलाई ६–१, ६–२ र अकी र सुभाङ्गीको जोडीले सौगात बि.क. र श्रेया भट्टराईको जोडीलाई ६–१, ७–५ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् ।

छात्र यु –१२ तर्फ सक्षम विक्रम शाह, राजविर प्रधान, स्लोक कजेर खड्का र आयुश्मान एच. घले तथा यु – ९ मा प्रनभ घिमिरे, अमत्र्या शर्मा, स्पर्श तिमल्सिना र शंख हाङ्ग राईले अन्तिम चारमा स्थान बनाउन सफल भए ।