आर्यन र ईशालाई जयकर स्मृति टेनिस उपाधि

आर्यन र ईशालाई जयकर स्मृति टेनिस उपाधि


आर्यन गिरी र इशा श्री शाहले १७औँ जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेको छन् । विजयी खेलाडीहरूले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

पुष ६ गते आइतबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी लक्ष्मी शाहलाई ६–४, ६–३ लेनै पराजित गर्दै उपाधि हात पारिन् । पराजित अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताको योङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुईकेल र महिला तर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सातदोवाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै जित हात पारे । उनले नगद २० हजार सहिति मेडल तथा प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

जयकर स्मृति एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्श तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा पराजित गर्दै स्वर्ण प्राप्त गरेका हुन् । महिला तर्फ शिभाली गुरुङले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु–८ पुरुषतर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङले आयुशा जि.सी.लाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद ५ हजार र संजोग र आयुशाले नगद २५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई उदीयमान खेलाडी प्रेरणा कोइराला, एनी माथेमा, एसपी अशोक सिंह, प्रशिक्षक कृष्ण घले, प्रायोजक दीपक कार्की, लगायतले पुरस्कार वितरण गरेका थिए ।