राजेन्द्रको बेग्लै दाउ !

राजेन्द्रको बेग्लै दाउ !


प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीसँगको सम्बन्धलाई कसिलो बनाउँदै लैजाने र उपेन्द्र यादव अर्थात् हाल समाजवादी नाममा चिनिने पार्टीसँग दूरी बढ्ने व्यवहार प्रस्तुत गर्ने गर्नुभएका बेला ‘समाजवादी’ नेताहरू भने भित्रभित्रै राष्ट्रपतिलाई प्रभावित गर्ने प्रयासमा रहेका छन् ।

समाजवादीका नेताहरूमध्ये राजेन्द्र श्रेष्ठ एमालेका पूर्वकार्यकर्ता हुन् । उनले राष्ट्रपति र उहाँको वरिपरिका मानिसलाई भेटेर संविधान संशोधन गराई राष्ट्रपतिमा पनि केही अधिकार निहित गर्नुपर्ने ‘फिडब्याक’ दिइरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्री दुई भिन्न दलका नेता बन्ने व्यवस्था संविधानमा गर्ने र, दुवैले ‘पावर सेयर’ गरी राज्य सञ्चालन गर्न मिल्ने व्यवस्था संविधानमा गर्नुपर्ने पक्षमा समाजवादी पार्टी रहेको बुझिन्छ ।

राष्ट्रपति विद्या भण्डारीलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने अवस्था बनाउन सुझाव दिँदै राजेन्द्र श्रेष्ठले आफूहरूको राजनीतिक सिद्धि पूरा गर्ने चेष्टा गरेको देखिएको छ ।