सुरक्षा कारबाहीमा चौबीस घण्टाभित्रै १०९ तालिवान लडाकूको मृत्यु

सुरक्षा कारबाहीमा चौबीस घण्टाभित्रै १०९ तालिवान लडाकूको मृत्यु


अफगानिस्तानमा सेनाले देशभर चलाएको सुरक्षा कारबाहीमा परी चोबिस घण्टा अवधिमा सयभन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले गरेका यस दाबीबारे तालिवान समूहबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

एएनआईले जनाएअनुसार सुरक्षाकर्मीले देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध कारबाही चलाएको थियो । अफगानिस्तानको रक्षा मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत २४ घण्टामा देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध सेनाले कारबाही चलाएको र ती घटनामा कम्तीमा १०९ लडाकू मारिएका छन् भने कम्तीमा ४५ जना घाइते भएका छन् ।’ मन्त्रालयले लडाकू एउटै समूहका हुन् वा फरक फरक समूहका भन्ने प्रष्ट खुलाएको छैन ।

अफगानिस्तानमा हालै भएको निर्वाचनमा असरफ घानी निर्वाचित भएको प्रारम्भिक भनाइहरू आइरहेका समय सेनाले यति ठूलो सङ्ख्यामा लडाकूको मृत्यु हुने गरी कारबाही चलाएको छ । अफगानिस्तानी तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच स्थायी शान्ति वार्ताका लागि पहल भइरहेका समय पछिल्लो कारबाही भएको हो ।