निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान


निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते हुन लागेको निर्वाचन मा सहभागी हुने दलहरुका लागि चिह्न प्रदान गरिएका् हो ।

आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न प्रदान गरिएको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर निर्वाचन चिह्नदप्राप्त गरेका छन् ।

उक्त निर्वाचनको सन्दर्भमा आयोगले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् । न्याय परिषद्को परामर्श लिएर जगेडा निर्वाचन अधिकृतको रुपमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको पनि आयोगले जानकारी