तालिवानद्वारा २६ शान्ति अभियानकर्मीको अपहरण

तालिवानद्वारा २६ शान्ति अभियानकर्मीको अपहरण


तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका छन् ।

अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्य रूपमा बसेका उनीहरूले अधिकारकर्मीहरू चढेका ६ वटा गाडीलाई बाटोमा रोकी २६ जनालाई अज्ञातस्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुलाह मोहिभलाई उद्धेत गर्दै एपीले जनाएको छ । अफगानी जनशान्ति अभियानका बसिमिल्लाह वातानदोस्तले चाहिँ आफ्नो समूहबाट २७ जना अपहरणमा परेको जनाएका छन् ।

प्रहरीले अपहरणकारीलाई पछ्याउँदै शान्ति अभियानकर्मीको खोजी गरिरहेको बताएको छ । प्राप्त समाचारअनुसार अपहरणमा परेका ती व्यक्तिहरूले गाउँगाउँमा पुगी शान्तिका लागि स्थानीयवासीको सहभागितामा प्रदर्शन गर्दै हिँडेका थिए । फारामा सक्रिय तालिवान समूहले भने घटना सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।