२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाइने

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विश्वभर मनाइने


२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस संसारभरका प्रवासी नेपाली संगठनले भव्य रूपले मनाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रवास विभागले जनाएको छ । विश्वका २५ देशमा रहेको राप्रपा प्रवास विभागको भातृ संगठन प्रवासी नेपाली एकता समाज तथा संसारभर रहेका हिन्दुवादी राजसंस्थावादी नेपालीले भव्य रूपमा एकता दिवस मनाउने राप्रपा प्रवास विभागको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकले निर्णय गरेको जनाइएको छ ।

विभागको बैठकलाई सम्बोधन गर्दै प्रवास विभाग प्रमुख विजय खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई नेपालको नक्सामा समावेस गरी भारतीय सेना कालापानीबाट तुरुन्त हटनुपर्ने बताए । राप्रपालाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्नको लागि महाधिवेशनको म्याण्डेडअनुसार पार्टी एकता गरी सम्पुर्ण राष्ट्रवादी, हिन्दुवादी शक्तिलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए ।

बेल्जियममा सम्पन्न इन्टरनेशनल योङ्ग डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित प्रवास विभागका सदस्य तथा युवा संगठन सचिव हिक्मतजंग कार्कीलाई बैठककै दौरानमा सम्मान गरिएको पनि खड्काले बताए । बताइएअनुसार बैठकले प्रवासी नेपाली एकता समाजको अधिवेशन सम्पन्न गर्न बाँकी स्थानहरूमा यथासीघ्र अधिवेशन गर्ने निर्णय गरको छ । साथै, हालै अमेरिकामा सम्पन्न प्रवासी नेपाली एकता समाजको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र शेरचनलाई वधाई ज्ञापन गरेको छ।

बैठकमा पूर्वराजदुत रथि भरत रायमाझी, युवा संघ उपाध्यक्ष कैलास कटुवाल, विद्यार्थी संगठनका उपाध्यक्ष निराजन वम, प्रवास कतारका पूर्वअध्यक्ष रविचन्द्र पौडेल तथा विभागका सदस्यहरू रोजश रिजाल, श्रृया केसी, विमोचन पराजुली, दिपक नेपाल लगागतले आफ्नो धारणा राखेका थिए।