महिला ह्यान्डबल टोली सम्मानित

महिला ह्यान्डबल टोली सम्मानित


दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोलीलाई परेली क्याटरिङ प्रा.लि. ले १३औं सम्मान गरेको छ ।

श्री सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकका उपरथी शशिचन्द्रबहादुर सिंह तथा नेपाल ह्यान्डबल संघका सल्लाहकार संयोजक समेत रहेका परेलीका प्रबन्ध निर्देशक विश्वबम मल्लले १६ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई प्रशंसापत्र प्रदानगरी सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, संगीता चौधरी, आइत ल्हामु शेर्पा, अर्चना न्यौपाने, बबिता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा बिक छन् ।

त्यस्तै, प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा थापा तथा व्यवस्थापकमा शान्ति थापा सम्मानित भएका छन् । सो अवसरमा ह्यान्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई पनि सम्मान गरिएको थियो । पोखरामा भएको ह्यान्डबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।