बक्सिङ खेलाडी भुपेन्द्र र मिनुको स्वागत

बक्सिङ खेलाडी भुपेन्द्र र मिनुको स्वागत


चीनको जिङयाङमा भएको एसियाली ग्रान्डस्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल बक्सिङ संघले स्वागत गरेको छ ।

उक्त प्रतियोगिताका रजत विजेताद्वय भुपेन्द्र थापा र मिनु गुरुङलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतका पदाधिकारी, खेलाडी, पदक विजेताका परिवारलगायतले स्वागत गरेका हुन् । रजत विजेता दुवै खेलाडी हालै सम्पन्न १३औं सागका स्वर्णधारी हुन् ।

स्वागत कार्यक्रममा अध्यक्ष अवालेले यो अनुभवले एसियाली तथा ओलम्पिक खेलकुदमा राम्रो नतिजा ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गरे । राखेपका सदस्य केसीले जुनसुकै प्रतियोगितामा पनि प्रतिद्वन्द्वीलाई कडा चुनौती दिन नेपाली खेलाडी सक्षम रहेको धारणा व्यक्त गरे ।

पदक विजेता दुवै खेलाडीले स्वर्ण नजिक पुगरे पनि असफल भएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार्दै स्वर्ण जित्न प्रयासरत रहने बताए ।