कजाकस्तानमा सय जना यात्रु सवार विमान दुर्घटनाग्रस्त

कजाकस्तानमा सय जना यात्रु सवार विमान दुर्घटनाग्रस्त


कजाकस्तानमा सय जना यात्रु बोकेको एक विमान जेड–९२१०० दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चौध जनाको मृत्यु भएको र आठ बच्चासहित ६० जना घाइते भएका छन् ।

आज (११ पुस, शुक्रबार) बिहान कजाकस्तानको सबभन्दा ठूलो शहर अलमाटीस्थित विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनाग्रस्त भएको हो । कजाकस्तानका आन्तरिक मन्त्रीले मृत्यु हुनेमा ६ जना बच्चा रहेको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

९५ जना यात्रु र पाँच जना चालकदलका ससदस्य रहेको उक्त विमान उड्नेवित्तिकै एक दुईतले घरमा ठेक्किएर नियन्त्रण गुमाएको बीबीसीले जनाएको छ ।

काजाकस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायवले घटनाप्रति संवेदना जनाउँदै घटनासम्बद्ध दोषीहरूलाई कानुनअनुसार कडा कारवाही गरिने प्रतिक्रिया दिएका छन् ।