सागका पदक विजेता कराते खेलाडी सम्मानित

सागका पदक विजेता कराते खेलाडी सम्मानित


शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीलाई पुष १३ गते शनिबार सम्मान गरेको छ ।

करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो ।

संघीय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए । सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए ।