एलजीले नेपाल अधिराज्यभर रोड शो सुरु गरेको छ । यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरूको डिस्पेल्य साथसाथै डेमो पनि गरिरहेको कम्पनीले जनाएको छ । यस ‘रोड शो’को मूख्य आकर्षण वासिङ मेसिन, टि.भी. र ए.सि. रहेको छ भने भक्तपुरदेखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टासम्म हुनेछ ।
यस रोड शोको मुख्य उद्देश्य एल.जी.को वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ के.जी.को वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीले जनाएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शो बाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाहरूको बारेमा ग्राहकहरूलाई जानकारी गराउने उद्देश्य रहेको छ ।
एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रा.लि. रहेको छ ।
प्रतिक्रिया